नेपाल वेयरहाउजिङको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडाैं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । लगानीकर्ताले कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् ।
कम्पनीले मंसिर १० गतेदेखि आइपीओ निष्कासन गरेको हो । कम्पनीले सर्वसाधारणका लागि १ सय अंकित मूल्यमा ११ लाख ४१ हजार २५० कित्ता आइपीओ निष्काशन गरेको हो ।
लगानीकर्ताले आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।
आइपीओको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया