नेपाल वेयरहाउजिङको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडाैं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । लगानीकर्ताले कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् ।
कम्पनीले मंसिर १० गतेदेखि आइपीओ निष्कासन गरेको हो । कम्पनीले सर्वसाधारणका लागि १ सय अंकित मूल्यमा ११ लाख ४१ हजार २५० कित्ता आइपीओ निष्काशन गरेको हो ।
लगानीकर्ताले आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।
आइपीओको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया