डडेल्धुरा पुग्दा ओलीले सम्झिए देउवा, फोन मार्फत भने ‘जय नेपाल’ (भिडियो)
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली यतिखेर डडेल्धुरामा छन् । १९ दिने मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियानका क्रममा डडेल्धुरामा रहेका ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई सम्झिएका छन् ।
डडेल्धुरामा रहँदा उनले देउवासँग मोबाइलमार्फत् कुराकानी गरेका छन् । देउवाको गाउँ गन्यापधुरा नजिक बसेका ओलीले त्यहीँबाट देउवासँग मोबाइलमा कुराकानी गरेका हुन् । कुराकानीको करिब ४० सेकेण्डको भिडियो उनले सामाजिक सन्जालमा पोष्ट गरेका छन् ।
‘जय नेपाल’ भन्दै कुराकानी सुरु गरेका ओलीले फोनमा भनेका छन्, , ‘जय नेपाल, गन्यापधुरानजिक रहेको अमरगढीमा छौं। राम्रो छ यतातिर, तपाईंको जिल्लामा आएको बेला यसो सम्झेको नि’ ।’ उताबाट बोलेको स्पष्ट सुनिँदैन । तर ओलीले ‘थ्यांक्यु’ भन्दै ‘अनि त्यता सबै राम्रो छ नि १’ भनेर सोधेका छन् ।
नेकपा (एमाले)ले ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ हिजोदेखि आरम्भ गरेको हो । यात्राको ओलीले शुभारम्भ गरेका थिए ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया