पूर्वसहकर्मीसँग भेट भएपछि बाबुराम : नलाऊ माया दुईतिर भन्नेहरू तीनतिर पो भइयो
काठमाडौं । आज काठमाडौंको त्रिभुवन विमानस्थलमा तीनजना पूर्वसहकर्मीबीच जम्काभेट भएको छ । जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, माओवादी केन्द्रका केन्द्रीय सदस्य वर्षमान पुन र राप्रपाकी नेतासमेत रहेकी अभिनेत्री रेखा थापाबीच भेट भएका हो ।
कुनै बेला यी तीनैजना सँगै माओवादीमा थिए । पूर्वमन्त्रीसमेत रहेका पुन अहिले पनि माओवादीमै छन् । तर पूर्वप्रधानमन्त्री भट्टराई नयाँ शक्तिहुँदै अहिले जसपामा छन् ।
तीन पूर्वसहकर्मीबीच आज विमानस्थलमा अचानक भेट हुँदा पुराना कुरा सम्झिएर हाँसो–ठट्टा चलेको नेता भट्टराईले सामाजिक सञ्जालमार्फत खुलासा गरेका छन् ।
कुनै बेला अभिनेत्री थापाले माओवादीमा रहँदा ‘कि लाऊ माया मैतिर किलाऊ उहीतिर निर नलाऊ दुईतिर’ भन्ने गीतमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतसँग नाचेकी थिइन् ।
आज विमानस्थलमा सोही स्मरण गर्दै माओवादीहरू दुईतिर मात्र नभएर तीनतिर भएकोमा हाँसो चलेको भट्टराईले फेसबुकमा लेखेका छन् ।
‘एयरपोर्टमा पुराना माओवादी सहकर्मीहरू वर्षमान पुन र रेखा थापासँग जम्काभेट !’, उनले लेखेका छन्, ‘नलाऊ माया दुइतिर..भनेर गीत गाउनेहरू तीनतिर पो भइयो भन्ने हााँसो पनि चल्यो !’

ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया