उत्तरी पेरुको खानीमा आक्रमण हुँदा ९ जनाको मृत्यु, १५ घाइते
लिमा । उत्तरी पेरुको ला लिबर्टाड विभागको पोडेरोसास्थित खानीमा शनिबार सशस्त्र आक्रमणकारीहरूले आक्रमण गर्दा कम्तीमा नौ जनाको मृत्यु हुनाको साथै १५ जना घाइते भएका छन् ।
सशस्त्र अपराधीहरूको समूहले खानीका सुरक्षा गार्डहरूमाथि आक्रमण गरी चारजनालाई बन्धक बनाएको पनि गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
स्थानीय समय अनुसार बिहान १:०० बजे सो आक्रमण भएको हो।
घटनाको अनुसन्धान जारी छ ।
ताजा अपडेट
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय
-
२०३३ सालको तुलनामा अहिले नेपालको राष्ट्रियता झनै ठूलो संकटमा छः पूर्णबहादुर खड्का
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता


प्रतिक्रिया