उत्तरी पेरुको खानीमा आक्रमण हुँदा ९ जनाको मृत्यु, १५ घाइते
लिमा । उत्तरी पेरुको ला लिबर्टाड विभागको पोडेरोसास्थित खानीमा शनिबार सशस्त्र आक्रमणकारीहरूले आक्रमण गर्दा कम्तीमा नौ जनाको मृत्यु हुनाको साथै १५ जना घाइते भएका छन् ।
सशस्त्र अपराधीहरूको समूहले खानीका सुरक्षा गार्डहरूमाथि आक्रमण गरी चारजनालाई बन्धक बनाएको पनि गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
स्थानीय समय अनुसार बिहान १:०० बजे सो आक्रमण भएको हो।
घटनाको अनुसन्धान जारी छ ।
ताजा अपडेट
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
-
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यस्तो छ रुट
-
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने
-
विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी


प्रतिक्रिया