जापानमा भालु आक्रमण इतिहामै उच्च
एजेन्सी । आर्थिक वर्ष २००६ मा रेकर्ड राख्न सुरु भएपछि जापानभर भालुको आक्रमण कीर्तिमानी स्तरमा पुगेको छ ।
मुलकमा भालुको आक्रमणका लागि यो वर्ष सबैभन्दा खराब वर्ष हो । पर्यावरण मन्त्रालयका अनुसार आर्थिक वर्ष सुरु हुने अप्रिल महिनापछिको आठ महिनामा मुलुकभर एक सय ९३ वटा भालुको आक्रमण भएको छ र यस क्रममा दुई सय १२ जना घाइते र छ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार आर्थिक वर्ष २०२० मा घाइते भएका एक सय ५८ जनाको कीर्तिमानी सङ्ख्यालाई यो आँकडाले नाघेको छ । उत्तरपूर्वी जापानमा ७० प्रतिशत आक्रमण भएको छ । अकितामा ७० र इवातेमा ४५ आक्रमण भएका छन् ।
गत नोभेम्बरमा भालुले ३० जनामाथि आक्रमण गरेको थियो । उक्त आक्रमण दोस्रो सबैभन्दा ठूलो थियो । भालुहरू सामान्यतया नोभेम्बरको अन्त्यदेखि डिसेम्बरसम्म शीतनिद्रामा जान्छन् तर मन्त्रालयका अधिकारीहरूले अझै पनि आक्रमण हुनसक्ने चेतावनी दिएका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया