अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोह पक्राउ

काठमाडौं । नेपाल प्रहरीले अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोहलाई पक्राउ गरेको छ ।
प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको दरबारमार्ग, नयाँ बसपार्क, तिलेङ्गेटार, बानेश्वरलगायत स्थानमा यौन व्यवसाय सञ्चालन गर्ने गिरोहलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा रामेछापका २७ वर्षीय छत्रबहादुर रोक्का, ओखलढुङ्गाका ३३ वर्षीय गोपाल थापा, सिन्धुलीका ४४ वर्षीय सेते कार्की, सल्यानका २५ वर्षीय शिवराज परियार र नुवाकोटका ३० वर्षीय अमृत रोक्का रहेका छन् ।
कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले सामाजिक सञ्जालको प्रयोगगरी विभिन्न प्रलोभन देखाएर यौन व्यवसाय सञ्चालन गरेकामा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता रेग्मीले बताए ।
ताजा अपडेट
-
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’-माओवादी केन्द्र
-
कुमारी बैंकले सुरु गर्यो फोनेपे क्रेडिट कार्ड सेवा
-
‘ठूला जलविद्युत् आयोजना निर्माण सरकारको प्राथमिकतामा छन्’ : ऊर्जा मन्त्री खड्का
-
‘सेनालगायतका सुरक्षाकर्मीको सेवा सुविधा वृद्धि गर्न सरकार सकारात्मक’ : रक्षामन्त्री राई
-
धार्मिक पर्यटकीय क्षेत्र घुमारी घाट ओझेलमा
प्रतिक्रिया