भिरबाट खसेको ढुंगा लागेर एकको मृत्यु
बाजुरा । बूढीनन्दा नगरपालिकामा भिरबाट खसेको ढुंगा लागेर आज एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही नगरपालिका-३ बडालाकी ३७ वर्षीया धर्मा विष्ट रहेको जनाइएको छ । गाउँ नजिकै रहेको देउपानी मेलामा घाँस काट्न गएका बेला भीरबाट ढुंगा खसेर टाउकोमा लागेपछि मृत्यु भएको वडा नं ३ का वडाध्यक्ष जंगवीर रोकायाले जानकारी दिए।
घाँस काट्दै गरेका बेला एक्कासि भिरबाट ढुंगा खसेर टाउकोमा चोट लागेपछि विष्ट घाइते भएकी हुन् । भिरबाट खसेको ढुंगा लागेर घाइते भएकी विष्टको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी लैजाँदै गर्दा बीच बाटोमै मृत्यु भएको वडाध्यक्ष रोकायाले बताए ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया