भिरबाट खसेको ढुंगा लागेर एकको मृत्यु
बाजुरा । बूढीनन्दा नगरपालिकामा भिरबाट खसेको ढुंगा लागेर आज एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही नगरपालिका-३ बडालाकी ३७ वर्षीया धर्मा विष्ट रहेको जनाइएको छ । गाउँ नजिकै रहेको देउपानी मेलामा घाँस काट्न गएका बेला भीरबाट ढुंगा खसेर टाउकोमा लागेपछि मृत्यु भएको वडा नं ३ का वडाध्यक्ष जंगवीर रोकायाले जानकारी दिए।
घाँस काट्दै गरेका बेला एक्कासि भिरबाट ढुंगा खसेर टाउकोमा चोट लागेपछि विष्ट घाइते भएकी हुन् । भिरबाट खसेको ढुंगा लागेर घाइते भएकी विष्टको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी लैजाँदै गर्दा बीच बाटोमै मृत्यु भएको वडाध्यक्ष रोकायाले बताए ।
ताजा अपडेट
-
सिडिओ कार्यालयका अधिकृतलाई गोली हानी हत्या गर्ने १६ वर्षपछि समातिए
-
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक
-
वैशाख मसान्तसम्ममा ११ खर्ब ७७ अर्ब व्यापार घाटा
-
‘सभामुख पदमा आसिन व्यक्ति कुनै एक दलको इशारामा प्रयोग भयो’
-
कांग्रेसले आफ्नो भूमिकाबारे पुनर्विचार गर्नुपर्छ : उपाध्यक्ष पौडेल
प्रतिक्रिया