नागढुंगाबाट दुई किलो सुन बरामद, तीन जना पक्राउ
काठमाडौं । काठमाडौंको नागढुंगाबाट प्रहरीले दुई किलो सुनसहित तीन जना पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार रसुवाबाट काठमाडौं आइरहेको स्कार्पियो नागढुंगामा चेक गर्दा उक्त परिमाणको सुनसहित तीन जना समातिएका हुन् ।
विशेष सूचनाका आधारमा खटिएको टोलीले सुन बरामद गरेर तीन जनालाई नियन्त्रणमा लिएको उनले बताए । पक्राउ पर्नेहरूमा रसुवाका २१ वर्षीय सुनिल भुजेल, २८ वर्षीय ग्याल्छिङ तामाङ र २६ वर्षीय विरु तामाङ रहेका छन् ।
गएराति मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुबईबाट आएको १४ किलो सुन बरामद भएको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया