सांग्रिला डेभलपमेन्ट बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १९ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सो साधारण सभाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ३ अर्ब २६ करोड ७५ लाख ९१ हजार ७१६.७ को ५ प्रतिशत बोनस शेयर तथा कर भुक्तानी प्रयोजनका लागि चुक्ता पूँजीको ०.२६३ प्रतिशतले हुन आउने रकम पचासी लाख अन्ठानब्बे हजार नौ सय पच्चीस नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै आ.व. ०७९/८० को वित्तीय विवरण पारित गरी १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको भएको बैंकले जनाएको छ ।
बैंकको मुलुकभर ११२ शाखा कार्यालयहरु, ३० एटिएम सञ्चालनमा छन् । बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको जनाएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया