कोशी प्रवेश गरेको एमालेको ‘संकल्प यात्रा’मा किन आयो अवरोध ?
काठमाडौं । नेकपा (एमाले) ले झुलाघाट– चिवाभञ्ज्याङ संकल्प यात्रा आजदेखि कोशी प्रदेश प्रवेश गर्दैछ।
मङ्सिर १४ गते बैतडीको झुलाघाटबाट सुरु भएको यात्रा आज पुष्पलालको जन्मथलो रामेछापबाट सिन्धुली हुँदै कोशी प्रदेश प्रवेश गर्दैछ । हिजो सोमबार राति रामेछापको मन्थलीमा सन्देश सभा राखिएको थियो ।
आज सिन्धुलीको खुर्कोटमा भेटघाट कार्यक्रम राखिएको छ भने घुर्मीमा सभा हुँदै छ । घुर्मीको सभा सकेर यात्रा टोली खोटाङको दिक्तेल पुग्ने छ।
कोशी यात्रा सुरु गर्न लागेको एमालेले मध्य पहाडी पुष्पलाल लोकमार्ग यात्रामा अवरोध सिर्जना नगर्न आग्रह गरेको हो । एमालेको अभियानमा विभिन्न समूहले अवरोध पुर्याउने प्रयास गरेको सूचना पाएको भन्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले त्यस्ता गतिविध नगर्न आग्रह गरेका हुन्।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केही समूहहरूले एमालेको अभियानलाई अवरोध गर्ने कार्यक्रम राखेकोप्रति पार्टीको ध्यानाकर्षण भएको बताएका छन् ।
उनले प्रदेश बन्द, सडक बन्द लगायतका गतिविधि सार्वजनिक गर्ने भन्ने सुनेको भन्दै पार्टीका तर्फबाट सबै समूहहरूलाई अवरोध सिर्जना नगर्न आग्रह गरे ।
कोशी प्रदेशको नामको सवाल कोशी प्रदेश सभाको आफ्नो सवाल भएकाले त्यस्ता मुद्दालाई औपचारिक रूपमा प्रदेशसभामा उपस्थिति गराएर छलफल गर्ने वातावरण मिलाउनुपर्ने बताए ।
प्रदेश नामकरणको विषय कोशी प्रदेश सभाको भएको बताउँदै एमाले एक्लैले नगरेको उनको प्रष्टीकरण छ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया