अर्थतन्त्र सुधारोन्मुख छ, परिणाम देखिन समय लाग्छ : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको आर्थिक सूचक सकारात्मक भएर गएको दाबी गरेका छन् ।
बुधबार मन्त्रालयमा मुलुकको पछिल्लो आर्थिक अवस्थाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो दाबी गरेका हुन् ।
मौद्रिक नीति समीक्षामार्फत अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन सहयोग मिलेको बताएका छन् । उनले भने, ‘समग्रमा आर्थिक सूचक सकारात्मक भएर गएको छ । तर, परिणाम देखिन केही समय लाग्छ । अर्थतन्त्र सकारात्मक दिशातर्फ उन्मुख छ, मौद्रिक नीति समीक्षापछि सेयर बजार पनि सकारात्मक छ । जग्गा कारोबार पनि बढ्दै छ ।’
लामो प्रयासपछि अर्थतन्त्र सुधारको प्रयास सकारात्मक भएको बताउँदै उनले नेपालको अर्थतन्त्र ठीक छैन र अप्ठ्यारो छ भन्ने अहिले हटेको बताए। नेपालमा भविष्य छैन, अर्थतन्त्र ठीक छैन भन्ने मानसिकतामा पनि केही सुधार भएको उनले बताए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया