अर्थतन्त्र सुधारोन्मुख छ, परिणाम देखिन समय लाग्छ : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको आर्थिक सूचक सकारात्मक भएर गएको दाबी गरेका छन् ।
बुधबार मन्त्रालयमा मुलुकको पछिल्लो आर्थिक अवस्थाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो दाबी गरेका हुन् ।
मौद्रिक नीति समीक्षामार्फत अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन सहयोग मिलेको बताएका छन् । उनले भने, ‘समग्रमा आर्थिक सूचक सकारात्मक भएर गएको छ । तर, परिणाम देखिन केही समय लाग्छ । अर्थतन्त्र सकारात्मक दिशातर्फ उन्मुख छ, मौद्रिक नीति समीक्षापछि सेयर बजार पनि सकारात्मक छ । जग्गा कारोबार पनि बढ्दै छ ।’
लामो प्रयासपछि अर्थतन्त्र सुधारको प्रयास सकारात्मक भएको बताउँदै उनले नेपालको अर्थतन्त्र ठीक छैन र अप्ठ्यारो छ भन्ने अहिले हटेको बताए। नेपालमा भविष्य छैन, अर्थतन्त्र ठीक छैन भन्ने मानसिकतामा पनि केही सुधार भएको उनले बताए ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया