उत्तर पश्चिम पाकिस्तानमा तीन सुरक्षाकर्मीको मृत्यु
एजेन्सी । पाकिस्तानको उत्तर पश्चिम खैबर प्रान्तमा शुक्रबार बिहान भएको दई छुट्टाछुट्टै आक्रमणमा परी एक प्रहरी तथा दुई अर्ध-सैनिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
खैबर जिल्लाको संयुक्त जाँच चौकीमा आतङ्कवादीहरूले आक्रमण गर्दा दूई अर्ध्र सैनिकको मृत्यु भएको तथा छ जना घाइते भएको प्रहरी स्रोतले सिन्ह्वालाई बताएको छ ।
स्थानीय समयअनुसार बिहान २ः४५ बजे पाकिस्तान सरकारद्वारा आतङ्ककारी घोषित समूहले विष्फोटक पदार्थ र आधुनिक बन्दुकद्वारा आक्रमण गरेपछि प्रहरीले जवाफी कारबाही गर्दा आक्रमणकारीहरू भागेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आक्रमणबाट घाइते भएका व्यक्तिहरूलाई उपचारको लागी प्रान्तीय राजधानीस्थित पेशावरको अस्पतालमा लगिएको छ ।
स्थानीय समय अनुसार बिहान ३ः०० बजे ट्याङ्क जिल्लामा रहेको प्रहरीको हतियार भण्डारण परिसरमा आतङ्ककारीले गोली प्रहार गर्दा एक प्रहरीको मृत्यु भएको छ । भने अन्य एक जना घाइते भएको स्रोतले बताएको छ ।
प्रहरीका अनुसार प्रहरीको जवाफी कारबाहीपछि आक्रमणहरू घटनास्थलबाट भागेको प्रहरीले बताएको छ । आक्रमणकारीहरूलाई प्रक्राउ गर्नका लागी खोजी जारी रहेको प्रहरीले बताएको छ । घटनाको जिम्मेवारी अहिलेसम्म कुनै पनि समूहले नलिएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया