हिमालयन रिइन्स्योरेन्सको आइपीओ भर्नुभयो ? छुट्ला है आज अन्तिम दिन
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । हिमालयन रिइन्स्योरेन्सको आइपीओमा आवेदन दिने पुस १ गते अन्तिम दिन भएपनि सबै नबिकेले आज पनि भर्न पाउने भएको हो ।
लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् । कम्पनीले मंसिर २७ देखि सर्वसाधारणलाई प्रिमियम मूल्यमा आइपीओ निष्काशन गरेको हो । कम्पनीले २ करोड ४९ लाख कित्ता सेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँका दरमा आइपीओ निष्काशन गरेको हो ।
कम्पनीले जारी चुक्तापुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३ करोड कित्ता आइपीओ सर्वसाधारणलाई जारी गर्न गरेको थियो । उक्त आइपीओमा लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आवेदन सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत यो आइपीओ भर्न सकिनेछ ।
आइपीओको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल प्रबन्धक रहेको छ ।
ताजा अपडेट
-
तातोपानी नाका तीन दिनका लागि खुला
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण


प्रतिक्रिया