नक्कली सवारी दर्ता किताब बनाउने पक्राउ
काठमाडौं । लिखत कीर्ते गरी नक्कली सवारी दर्ता किताब बनाएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–८ घर भई हाल काठमाडौँ बौद्ध बस्ने ४२ वर्षीय डिबी भन्ने दीलबहादुर घिसिङ तामाङ र सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-१ घर भई हाल काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका-४ बस्ने ३३ वर्षीय आइतसिंह तामाङ रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए ।
उनका अनुसार केही व्यक्तिहरुले लिखत कीर्ते गरी सवारी दर्ता किताबलगायतका कागजात तयार गरेको भन्ने सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले दीलबहादुरलाई काठमाडौँको कालीमाटी र आइतसिंहलाई मनोहरा नगरपालिका-१ बम्ह्रखेलबाट पक्राउ गरेको हो ।
पक्राउ परेकाको साथबाट बाग्मती प्रदेश ०१-०२५ च २७५९ नम्बरको कारको ब्लुबुक एक थान, विभिन्न नम्बरका कारका सवारी दर्ता प्रमाणपत्र चार थान, कार पाँच वटा, विभिन्न सरकारी कार्यालयका छाप चार थान र मोबाइल दुई थान बरामद गरी लिखत कीर्तेसम्बन्धी कसूरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीको प्रक्रिया सुरु भएको प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कडायतले बताए ।
ताजा अपडेट
-
‘साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेका छौं’
-
महाकालीबाट दोधारा चाँदनीलाई पानी दिने विषय किन कार्यान्वयन भएन ?
-
प्रभावकारी लेखा सुपरीवेक्षण समिति : सहकारी जोगाउने सञ्जीवनी
-
स्वयम्भूको बुद्ध जयन्ती मेला काठमाडौँ महानगरले व्यवस्थित गर्ने
-
पुन: दुई हजारले बढ्यो सुन
प्रतिक्रिया