चार क्विन्टल गाँजासहित दुई भारतीय पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले तीन सय ९६ किलो लागुऔषध गाँजासहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश सम्बल जिल्ला बैजई थाना पूरा गाउँका ४५ वर्षीय अनिल गिरी र केलादेवी थाना अपावती कुतवपुर गाउँका ३७ वर्षीय राजपाल सिंह छन् ।
उनीहरुलाई प्रहरीले मङ्गलबार साँझ सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार उनीहरुलाई भरतपुर महानगरपालिका–१ स्थित आँपटारीबाट पक्राउ गरिएको हो । उनीहरुले भारतीय नं प्लेटको जेएच ०२ डब्लु ९६३१ नंको ट्रकमा क्याबिनको भागमा फल्स बटम बनाई प्लास्टिकको बोरामा २८ पोका बनाई लुकाई–छिपाई मुग्लिनबाट नारायणगढतर्फ ल्याउँदै गर्दा पक्राउ गरिएको हो ।
प्रहरी उपरीक्षक रामेश्वर कार्कीसहितको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई लागुऔषध ओसारपोसार मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया