विमानस्थलका कर्मचारीले तस्करी गरेबापत कति रकम बुझ्छन् ?
काठमाडौं । भन्सार कार्यालयका अनुसार १४ किलो सुन तस्करीमा हालसम्म १० जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चन्द्रबहादुर घले, मीनबहादुर गुरुङ, सुशीला पाण्डे, गणेश चेपाङ, कपिल ओझा, शेरबहादुर बस्नेत, लेखबहादुर तामाङ, राधाकृष्ण श्रेष्ठ, रमेश देउला र अनिल श्रेष्ठ छन् । घले र गुरुङबाहेक सबै विमानस्थलका कर्मचारी हुन् । जसमध्ये पाण्डे, चेपाङ र ओझा सरसफाइ कर्मचारी हुन् । बस्नेत र श्रेष्ठ क्रमशः प्लम्बर र एसी प्राविधिक हुन् । तामाङ, देउला र श्रेष्ठ ज्यालादारीमा काम गर्ने कर्मचारी हुन् ।
उनीहरूले विमानस्थलबाट एकपटक सुन पास गराएबापत एक लाख ६० हजार रुपैयाँ बुझ्थे । उक्त रकम जिम्मेवारीअनुसार आपसमा बाँडफाँट गर्थे । भन्सारका अनुसार विमानस्थलभित्र तस्करीको सम्पूर्ण व्यवस्थापन गर्ने जिम्मा बस्नेतले लिएका थिए । उनैको निर्देशनअनुसार विमानस्थलका अन्य कर्मचारी तस्करीमा खटिन्थे । यो समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।
बस्नेतको मीनबहादुरसँग चिनजान थियो । उनलाई मीनबहादुरले नै सुन तस्करीको प्रस्ताव गरेका थिए । प्रतिट्रिप एक लाख ६० हजार रुपैयाँ उपलब्ध गराउने भनेपछि उनले मीनबहादुरको प्रस्ताव मानेका थिए । स्वयं मीनबहादुरले भने नेपालमा सम्पूर्ण व्यवस्थापन मिलाएबापत तस्करको मुख्य नाइकेबाट प्रतिटिप एक लाख रुपैयाँ बुझ्थे ।
सुन बोक्न प्रयोग गरिएका भरिया चन्द्रबहादुर र कृष्णकुमारले भने प्रतिटिप ५५ हजारदेखि ६० हजार रुपैयाँसम्म बुझ्थे । भन्सारका अनुसार उनीहरूलाई दुबईबाट सुन पठाउने भारतीय नागरिक अमित अग्रवाल हुन् । उनी दुबई बस्ने गर्छन् । भारतमा उक्त सुन गुरु नाम गरेका व्यक्तिले बुझ्ने गर्छन् । भन्सारका अनुसार उनको सम्बन्धमा हालसम्म थप विवरण खुल्न सकेको छैन ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया