हात्तीको आक्रमणबाट कार्यालय सहयोगीको मृत्यु
अर्जुनधारा । जङ्गली हात्तीको आक्रमणमा परी झापामा आज वडा कार्यालय सहयोगीको मृत्यु भएको छ ।
हात्तीको आक्रमणबाट हल्दिबारी गाउँपालिका–२ का कार्यालय सहयोगी ५५ वर्षीय पाथल राजवंशीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज गिरीका अनुसार बिहानै घुम्न निस्किएपछि राजवंशी सम्पर्कविहीन भएका थिए। घर नफर्किएपछि परिवारका सदस्यहरुले उनको खोजी गर्दा घर नजिकैको नालामा मृत फेला परेका थिए ।
जिल्ला वन डिभिजन कार्यालय र प्रहरीको टोलीले घटनाबारे अनुसन्धान गरिरहेको छ । राजवंशीको शव परीक्षणका लागि मेची प्रादेशिक अस्पताल लगिएको छ । गत मङ्सिरमा पनि हल्दिबारी र दमकमा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको थियो ।
ताजा अपडेट
-
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक
-
वैशाख मसान्तसम्ममा ११ खर्ब ७७ अर्ब व्यापार घाटा
-
‘सभामुख पदमा आसिन व्यक्ति कुनै एक दलको इशारामा प्रयोग भयो’
-
कांग्रेसले आफ्नो भूमिकाबारे पुनर्विचार गर्नुपर्छ : उपाध्यक्ष पौडेल
-
सुर्खेत बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते
प्रतिक्रिया