गरिमा विकास बैंकले शेयरधनीलाई कति बाँड्दैछ लाभांश ?

काठमाडौं । गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको बुधवार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना सेयरधनीलाई दिने लाभांश घोषणा गरेको हो ।
बैंकले ९.५० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद गरि कुल १० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । उक्त प्रस्तावित लाभांश बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिने बैंकले जनाएको छ ।
प्रतिक्रिया