NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २१ गते

लक्ष्मी सनराइज बैंकको साधारणसभा पुस २६ गते, केके छन् एजेण्डा ?

काठमाडाैं । लक्ष्मी सनराइज बैंकले वार्षिक साधारण सभा पुस २६ गते गर्ने भएको छ । बैंकले साधारण सभा अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा दिउँसो २ बजेदेखि सुरु गर्ने भएको छ ।

साधारणसभाबाट बैंकले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट ७ प्रतिशतबोनस सेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि पुस १९ गते बुक क्लोज हुनेछ । त्यसैले, पुस १८ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

ताजा अपडेट

नेपालवाच विशेष