सामाजिक सञ्जाल नियमनका लागि मस्यौदा तयार

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल नियमन र व्यवस्थानका लागि विधेयकको मस्यौदा तयार गरेको छ । सूचना र प्रविधिको बढ्दो विकाससँगै यसको उपयोग र दुरुपयोगका सवाल सिर्जना भइरहेका बेला सरकारले नियमनका लागि सङ्घीय संसद्मा विधेयक प्रस्तुत गर्ने तयारी गरेको हो ।
विज्ञापन बोर्डले आज आयोजना गरेको डिजिटल माध्यम तथा सामाजिक सञ्जालमा हुने विज्ञापन नियमनसम्बन्धी अभिमुखीकरण कार्यक्रममा मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदीले सामाजिक सञ्जालको नियमन र व्यवस्थापन चुनौतीको विषय बनेका सन्दर्भमा आमनागरिक र सरोकारवालाको आग्रहका आधारमा विधेयक बनाइएको तथा मस्यौदालाई चाँडै सुझावका लागि सार्वजनिक गरिने जानकारी दिए । सो विधेयक मस्यौदा समितिका संयोजक सहसचिव सुवेदीले पहिलो पटक यसप्रकारको कानुन बन्न लागेको उल्लेख गर्दै सामाजिक सञ्जालमा हुनसक्ने दुरुपयोग र गलत सूचनाको प्रयोग तथा त्यसबाट हुनसक्ने हानि नोक्सानी रोक्न विज्ञापन नियमनका विषय पनि उक्त कानुनले सम्बोधन गर्ने बताए । नेपाल सरकारले सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका जारी गरिसकेको छ ।
बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले प्रस्तावित विधेयकमा विज्ञापनदाता, एजेन्सी र सरोकारवालासँगको राय लिएर सुझाव दिइने बताउनुभयो । उहाँले प्रविधिको विकास र विस्तारलाई रोक्न नसकिने भएकाले यसको नियमन तथा व्यवस्थापन आवश्यक भएकाले बोर्डले सरोकारवालासँगको परामर्शमा विद्युतीय माध्यम र सामाजिक सञ्जालमा हुने विज्ञापनका लागि नियमनका मापदण्ड तयार गरेको बताए । नेपाल विज्ञापन सङ्घका अध्यक्ष सोम धितालले नियमन गरिँदा विज्ञापन एजेन्सीका १५ प्रतिशत सेवा शुल्क कटौती हुन नहुने र विज्ञापन बजारमा भइरहेको रोजगारीमा निरुत्साहन हुन नहुनेमा जोड दिए ।
ताजा अपडेट
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
प्रतिक्रिया