चार्ल्स युनिभर्सिटीमा गोली चल्दा १५ को मृत्यु, २५ घाइते
एजेन्सी । चेक गणराज्यको राजधानी प्रागस्थित चार्ल्स युनिभर्सिटीमा एक बन्दुकधारीको आक्रमणबाट १४ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । गोली चलाउने व्यक्ति पनि सुरक्षाकर्मीको कारबाहीमा मारिएका छन् । घटनामा कुल १५ जनाको मृत्यु भएको हो ।
बीबीसीले जनाए अनुसार बिहीबार मानविकी संकाय ९आर्टस् फ्याकल्टी०को एक २४ वर्षीय विद्यार्थीले अन्धाधुन्द गोली चलाएका थिए । गोली चलेपछि भागदौड मच्चिएको थियो । कतिपय छतबाट पनि हामफालेका थिए । अधिकारीहरूले भनेका आधुनिक चेक इतिहासको सबैभन्दा घातक आक्रमण भएको बताएका छन् ।
युनिभर्सिटीका प्रोफेसर सर्गेई मेदवेदेवले बीबीसीलाई भनेका छन्, ‘गोलीबारी सुरु हुँदा म विश्वविद्यालयको एउटा अडिटोरियममा थिएँ। ूमैले त्यसबेला भाषण दिइरहेको थिएँ । सुरुमा के भयो थाहा भएन किनभने म मेरो भाषणमा केन्द्रित थिएँ ।’
राष्ट्रपति पिटर पावेलले विश्वविद्यालय क्षेत्रमा भएको घटनाबाट आफू स्तब्ध भएको बताएका छन् । साथै मृतक परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया