गरिमा विकास बैंकले शेयर धनीलाई १० प्रतिशत लाभांश बाँड्ने
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्ना शेयर धनीहरूलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बैंकले आर्थिक वर्ष ०७९/८० को सञ्चित मुनाफा तथा शेयर प्रिमियमबाट शेयर धनीहरूलाई हाल कायम चुक्ता पुँजीको ९.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।
गत बुधबार बसेको सञ्चालक समितिको २९७औं बैठकको निर्णयानुसार शेयर धनीलाई लाभांश वितरण गर्न लागिएको गरिमा विकास बैंकले जनाएको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएर आगामी वार्षिक साधारणसभाबाट पारित गर्ने बैंकको तयारी छ ।
हाल यो बैंकको चुक्ता पुँजी ५ अर्ब १८ करोड ७६ लाख ८७ हजार ५७ रूपैंया १४ पैसा छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि चुक्ता पुँजी रु. ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रुपैंया ५७ पैसा पुग्नेछ ।
काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले देशभरका १२३ शाखा र ५१ वटा एटिएमबाट सेवा प्रवाह गरिरहेको छ ।
ताजा अपडेट
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने


प्रतिक्रिया