आजदेखि सबै उच्च अदालतमा स्वचालित पेशी

काठमाडौं । आइतबारदेखि देशभरका उच्च अदालत र इजलासमा स्वचालित पेशी प्रणाली लागू हुने भएको छ ।यसअघि गोलाप्रथा प्रक्रियाद्वारा पेशी तोकिने गरेकोमा स्वचालिक पेशी तारेख व्यवस्थापन प्रणाली लागू गर्न लागिएको हो ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आइतबार यसको शुभारम्भ गर्दैछन् । सर्वोच्च अदालत प्रशासनले आइतबार बिहान ११ बजे पाटन उच्च अदालतबाट प्रधानन्यायाधीश श्रेष्ठले यसको शुभारम्भ गर्ने जनाएको छ ।
तत्कालीन न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको अध्ययन समितिले अदालतमा विद्यमान पेशीको विकृति तथा विसंगति हटाउन स्वचालित प्रणाली लागू गर्नुपर्ने सुझाव दिएको थियो । सोही सुझाव पछ्याउँदै सर्वोच्च अदालतले गत भदौ ११ मा स्वचालित पेशी प्रणाली लागू गरेको थियो ।
ताजा अपडेट
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
-
ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड निष्काशन, कसरी दिने आवेदन ?
-
नेप्से परिसूचक २.४० अंकले बढ्यो ,कारोबार कति ?
-
दक्षिण एसियाली कराँतेमा नेपाल उपविजेता
-
खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्या : गभर्नर पौडेल
प्रतिक्रिया