बीमा कम्पनीहरूको व्यवसाय ६२ अर्ब, बीमाको दायरामा आएको जनसंख्या घट्यो
काठमाडाैं । अर्थतन्त्रमा छाएको मन्दीको प्रभाव बीमा क्षेत्रमा पनि देखिएको छ । मन्दीको प्रभावसँगै चालु आर्थिक वर्ष २०८०/०८१ को कार्तिकमसान्तसम्मममा बीमाको दायरमा आएको जनसंख्या घटेको छ ।
बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार कार्तिक मसान्तसम्ममा नेपालको कुल जनसंख्याको ४२ प्रतिशत नागरिकमा बीमाको पहुँच पुगेको छ । बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार म्याद, लघु म्यादी र वैदेशिक रोजगारी जीवनबीमालेखसहित ४२ प्रतिशत पुगेको हो । गत वर्षको सोही अवधिमा ४३.७८ प्रतिशतमा बीमाको पहुँच पुगेको थियो । असोजको तथ्यांकमा भने कुल जनसंख्याको ४३.४२ प्रतिशत जनसंख्या बीमाको दायारमा पुगेको थियो ।
बीमाको दायरमा आएको जनसंख्या म्यादी र लघु म्यादी जीवनबीमालेखसहित ३७.१३ प्रतिशत छ । गत वर्षको सोही अवधिमा यो ३९.७९ प्रतिशत थियो ।
बीमाको दायरामा आएको जनसंख्या म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवनबीमालेखबाहेक १७.४९ प्रतिशत छ । गत वर्षको सोही अवधिमा यो १६.५९ प्रतिशत थियो ।
चालु आवको कार्तिक मसान्तसम्ममा कुल जीवन बीमालेखको संख्या ०.६० प्रतिशतले बढेको छ । प्राधिकरणका अनुसार कार्तिक मसान्तसम्ममा कुल एक करोड ३७ लाख १९ हजार ७२५ वटा बीमालेख जारी भएको छ । गत वर्षको सोही अवधिकमा यस्तो बीमालेख १ करोड ३९ लाख ४२ हजार ३०९ वटा बीमालेख जारी भएको थियो ।
त्यसैगरी चालु आवको कार्तिक मसान्तसम्ममा नीर्जीवन जीवन बीमालेख २.६८ प्रतिशतले बढेको छ । तथ्यांकअनुसार कार्तिक९लख १९ हजार १३८ वटा नीर्जीवन बीमालेख जारी भएको थियो ।
तथ्यांकअनुसार वैदेशिक रोजगार बीमालेखको संख्या १७ लाख ८५ हजार ५७३ रहेको छ । त्यस्तै म्यादी र लघु म्यादी जीवन बीमालेखको संख्या ६३ लाख ११ हजार ६१३ छ भने म्यादी लघु म्यादी र वैदेशकि रोजगार जीवन बीमालेखबाहेकको संख्या ५६ लाख २२ हजार ४५९ छ ।
६२ अर्ब बीमा शुल्क संकलन
गत वर्षको तुलनामा चालु आवको चैत्र मसान्तसम्ममा जीवन बीमा तथा नीर्जीवन बीमा कम्पनीहरुको बीमा शुल्क संकलन ४.७५ प्रतिशतले बढेको छ । प्राधिकरणको तथ्यांकअनुसार चालु आवको कार्तिक मसान्तसम्ममा जीवन बीमा र र्नीजीवन बीमा कम्पनीहरुले कुल ६२ अर्ब १८ करोड ८३ लाख बीमा शुल्क संकलन गरेका हुन् ।
गत वर्षको सोही अवधिमा जीवन बीमा तथा नीर्जीवन बीमा कम्पनीहरूले ५९ अर्ब ३७ करोड एक लाख बीमा शुल्क संकलन गरेको थियो ।
कार्तिकसम्ममा जीवन बीमा कम्पनीहरूले ४९ अर्ब ४४ करोड ११ लाख बीमा शुल्क आर्जन गरेका छन् । जुन गत वर्षको सोही अवधिको तुलनामा ७.४५ प्रतिशतले कमी हो । गत वर्षको सोही अवधिमा जीवन बीमा कम्पनीहरुले ४६ अर्ब एक करोड १५ लाख रूपैयाँ बीमा शुल्क संकलन गरेको थियो ।
त्यस्तै सोही अवधिमा नीर्जीवन बीमा कम्पनीले १२ अर्ब ७४ करोड ७१ लाख बीमा शुल्क आर्जन गरेको छ । जुन गत आवको तुलनामा ४.५८ प्रतिशतले कमी हो । गत आवको सोही अवधिमा नीर्जीवन बीमा कम्पनीहरुले १३ अर्ब ३५ करोड ८५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।
कार्यालय संख्या
चालु आवको कार्तिकमसान्तसम्ममा बीमा कम्पनीहरुको कर्मचारी संख्या गत आवको तुलनामा ३.४० प्रतिशतले घटेको छ । कार्तिकसम्ममा बीमा कम्पनीहरुको कर्मचारी संख्या ११ हजार ४१८ रहेको छ । गत आवको सोही अवधिमा बीमा कम्पनीको कर्मचारी ११ हजार ८२० थियो ।
त्यस्तै बीमा कम्पनीको कार्यालय संख्या गत आवको तुलनामा १५.७९ प्रतिशतले घटेको छ । चालु आवको कार्तिक मसान्तसम्ममा बीमा कम्पनीहरुको कार्यालय संख्या २ हजार ८२७ छ । गत आवको सोही अवधिमा बीमा कम्पनीको कार्यालय संख्या तीन हजार तीन सय ५७ थियो ।


प्रतिक्रिया