बैंक अफ काठमाण्डु र होटल अदामबीच सम्झौता

काठमाडौं । बैंक अफ काठमाण्डु र पोखरास्थित होटल अदामबीच डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङको क्युआर कोड प्रयोग गरी भुक्तानी गर्दा २० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ ।
उक्त सम्झौतामा ग्राहकले होटल अदाममा प्राप्त हुने सम्पूर्ण सेवा सुविधामा २० प्रतिशत छुट पाउने छन् भने ग्राहकले उक्त छुटको निम्ति बैंकिङ कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्ने छ ।
बैंकका अनुसार हालसम्म बैंकले ९७ शाखा कार्यलयमा ८७ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट ग्राहकलाई बैंकिङ सुविधा दिदैँ आइरहेको छ ।
प्रतिक्रिया