निर्वाचन आयोगविरूद्ध खनिए दलका प्रतिनिधि, सर्वदलीय बैठकमा होहल्ला र नाराबाजी
काठमाडौं । निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठकमा साना दलहरू आयोगविरुद्ध होहल्ला र नाराबाजी गरेका छन् ।
स्थानीय तहको निर्वाचन आचारसंहितामा लिखित प्रतिबद्धता जनाउन आयोगले बिहान ११ः३० मा सर्वदलीय छलफल राखेको थियो ।
आफूहरूलाई बोल्ने समय नदिएको भन्दै प्रतिनिधिहरूले आयोगविरुद्ध नाराबाजी गरेका हुन् ।
आफैँले बोलाएको बैठकमा परिस्थिति असहज भएपछि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संयमित हुन पटक–पटक आग्रह गरेपनि दलका प्रतिनिधिहरूले अटेरी गरेका थिए ।
स्वीकृत आचारसंहिता प्रभावकारी कार्यान्वायन गर्नका लागि निर्वाचनमा भाग लिने ७९ राजनीतिक दलहरूसँग आयोगले लिखित प्रतिबद्धता मागेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया