निर्वाचन आयोगविरूद्ध खनिए दलका प्रतिनिधि, सर्वदलीय बैठकमा होहल्ला र नाराबाजी

काठमाडौं । निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठकमा साना दलहरू आयोगविरुद्ध होहल्ला र नाराबाजी गरेका छन् ।
स्थानीय तहको निर्वाचन आचारसंहितामा लिखित प्रतिबद्धता जनाउन आयोगले बिहान ११ः३० मा सर्वदलीय छलफल राखेको थियो ।
आफूहरूलाई बोल्ने समय नदिएको भन्दै प्रतिनिधिहरूले आयोगविरुद्ध नाराबाजी गरेका हुन् ।
आफैँले बोलाएको बैठकमा परिस्थिति असहज भएपछि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संयमित हुन पटक–पटक आग्रह गरेपनि दलका प्रतिनिधिहरूले अटेरी गरेका थिए ।
स्वीकृत आचारसंहिता प्रभावकारी कार्यान्वायन गर्नका लागि निर्वाचनमा भाग लिने ७९ राजनीतिक दलहरूसँग आयोगले लिखित प्रतिबद्धता मागेको छ ।
ताजा अपडेट
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
प्रतिक्रिया