ठगी अभियोगमा कुश्माका प्रमुख प्रशासकीय अधिकृत पक्राउ
पर्वत । ठगीको आरोपमा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली कार्यालयबाटै पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयको टोलीले आज दिउँसो पराजुलीलाई कार्यालयबाटै पक्राउ गरेको हो । प्रमुख प्रशासकीय अधिकृत पराजुली कास्कीको सहकारी रजिस्ट्रारको कार्यालय पोखरामा सेवारत हुँदा सहकारीको रकम ठगी प्रकरणमा मुछिएका थिए ।
सहकारी रजिस्ट्रार रहेका बेला निजले मित्रमिलन बचत तथा ऋण सहकारीको कार्यक्षेत्र विस्तार गर्ने क्रममा घूस लिएको आरोप थियो । कास्की प्रहरीको अनुरोधमा पर्वत प्रहरीले निजलाई पक्राउ गरेर कास्की पठाएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले जानकारी दिए । तत्कालीन रजिस्ट्रार पराजुलीलाई रू एक करोड पाँच लाख घूस लिएको आरोप लागेको छ ।
ताजा अपडेट
-
फेरि बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
-
एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुई जना घाइते
-
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती १६ दिन बन्द हुने
-
जेठ १४ गते वागमती सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
प्रतिक्रिया