NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

नवजागरण बचत सहकारीमा पहिलोपटक एटीएम सेवा सञ्चालनमा

रामेछाप । मन्थलीस्थित नवजागरण बचत संस्था लिमिटेडमा पहिलो पटक एटीएम सेवा सञ्चालनमा आएको छ । सो एटीएम मेसिन मन्थली बसपार्कमा स्थापना गरिएको हो । उक्त मेसिनको उद्घाटन मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले गरेको सहकारीका अध्यक्ष श्याम थापाले बताए ।

अध्यक्ष श्याम थापाका अनुसार सहकारीमा हाल सात हजार चार सय ३७ जना सेयर सदस्य रहेका छन् । त्यस्तै सहकारीले मन्थली नगरपालिका–एक देखि आठ वडासम्मलाई कार्यक्षेत्र बनाइ काम गरिरहेको छ ।