नेपाल टेलिकमको लिखित परीक्षाको कार्यक्रम सार्वजनिक

काठमाडौं । नेपाल टेलिकमले लिखित परीक्षाको प्रथम र द्धितीय पत्र तालिका सार्वजनिक गरेको छ । मंगलबार एक सूचना जारी गर्दै टेलिकमले अलग-अलग मितिमा परीक्षा कार्यक्रमको तालिका सार्वजनिक गरेको हो ।
प्रकाशित तालिकाअनुसार परीक्षा २०७९ जेठ २० गतेबाट सञ्चालन हुँदै छ । खुला तथा समावेशी प्रतियोगिात्मक परीक्षामार्फत पदपूर्ति समितिको पूर्व प्रकाशित विज्ञापन अनुसार विभिन्न पदको लिखित परीक्षा सञ्चालन लोक सेवा आयोगले निर्धारण गरेको छ ।
टेलिकमका अनुसार परीक्षाको किसिम खुला, खुला तथा दलित, खुला तथा समावेशी, महिला, खुला तथा महिलाअन्र्तगत विभिन्न तहमा हुन लागेको हो । टेलिकमले केही लिखित परीक्षाकोे मात्रै परीक्षा केन्द्र तोकेको छ भने बाँकीको पछि प्रकाशित गरिने जनाएको छ ।
थप जानकारीका लागि परीक्षार्थीले टेलिकम र लोकसेवा आयोगको वेबसाइट मार्फत हेर्न सक्नेछन् ।
ताजा अपडेट
-
युएई जाने नेपाली श्रमिकको तलब निर्धारण
-
उद्धार अभ्यासका क्रममा गोताखोरका दुई सशस्त्र प्रहरी सप्तकोशीमा बेपत्ता
-
‘लगानी बोर्डको बैठक : मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत
-
साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो
-
राष्ट्रिय सभामा सांसदहरुले भने- ‘आगामी आवको बजेट सन्तुलित र यथार्थपरक छ’
प्रतिक्रिया