बंगलादेशमा छ महिनामा ११ अर्ब डलर विप्रेषण भित्रियो
एजेन्सी । विदेशमा बसेर काम गर्ने बङ्गलादेशी नागरिकहरूले चालु आर्थिक बर्षको पहिलो छ महिनामै करिव ११ अर्ब अमेरिकी डलर विप्रेषण पठाएका छन् ।
चालु बर्षमा गैर आवासीय बङ्गलादेशी नागरिकबाट आउने विप्रेषणको प्रवाह २.९ प्रतिशतले बढेर १०.७९ अर्ब पुगेको हाे । डिसेम्बरमा मात्र एक अर्ब ९९ करोड डलर बिप्रेषण रेकर्ड भएको छ । जुन अघिल्लो बर्षको तुलनामा १७ प्रतिशतले बढी हो ।
गत आर्थिक बर्षमा एक सयभन्दा बढी देशहरूबाट करिव एक करोड बङ्गलादेशी नागरिकहरूले २१ अर्ब ६१ करोड डलर विप्रेषण पठाएका थिए ।
बङ्गलादेशका लागी विदेशी मुद्राको प्रमुख स्रोत रेमिट्यान्स हो जहाँ अधिकांश विप्रेषण खाडी देशबाट आउने गर्छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया