‘राष्ट्रिय युवा प्रतिभा सम्मान’ को लागि सरकारले माग्यो आवेदन
काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ मा प्रदान गरिने राष्ट्रिय युवा प्रतिभा सम्मानको लागि आवेदन माग गरेको छ ।
विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका योग्य नेपाली युवा, युवा समूह तथा युवा संघसंस्थाहरुले पुरस्कारका लागि आवेदन दिन सक्नेछन् ।
मन्त्रालयले आज जारी गरेको सूचना अनुसार राष्ट्रिय युवा प्रतिभा सम्भमान कार्यविधि, २०७२ संशोधनसहित अनुसारको विवरण र सोलाई पुष्टि गर्ने कागजातहरु संलग्न गरी पुरस्कारका लागि आवेदन दिन सकिनेछ ।
पुरस्कारका लागि सम्बन्धित व्यक्ति, समूह वा संघसंस्थाहरुले सूचना प्रकाशित भएको मितिदेखि ३० दिन भित्र मन्त्रालयमा दर्ता गराउनु पर्नेछ ।
थप जानकारीका लागि मन्त्रालयको वेबसाइट https://moys.gov.np/ मा राखिएको राष्ट्रिय युवा प्रतिभा सम्मान कार्यविधि, २०७२ संशोधनसहित हेर्न पनि सूचनामा आग्रह गरिएको छ ।

ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया