NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

‘राष्ट्रिय युवा प्रतिभा सम्मान’ को लागि सरकारले माग्यो आवेदन

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ मा प्रदान गरिने राष्ट्रिय युवा प्रतिभा सम्मानको लागि आवेदन माग गरेको छ ।

विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका योग्य नेपाली युवा, युवा समूह तथा युवा संघसंस्थाहरुले पुरस्कारका लागि आवेदन दिन सक्नेछन् ।

मन्त्रालयले आज जारी गरेको सूचना अनुसार राष्ट्रिय युवा प्रतिभा सम्भमान कार्यविधि, २०७२ संशोधनसहित अनुसारको विवरण र सोलाई पुष्टि गर्ने कागजातहरु संलग्न गरी पुरस्कारका लागि आवेदन दिन सकिनेछ ।

पुरस्कारका लागि सम्बन्धित व्यक्ति, समूह वा संघसंस्थाहरुले सूचना प्रकाशित भएको मितिदेखि ३० दिन भित्र मन्त्रालयमा दर्ता गराउनु पर्नेछ ।

थप जानकारीका लागि मन्त्रालयको वेबसाइट https://moys.gov.np/ मा राखिएको राष्ट्रिय युवा प्रतिभा सम्मान कार्यविधि, २०७२ संशोधनसहित हेर्न पनि सूचनामा आग्रह गरिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष