चुनावपछि राष्ट्रियसभामा दलहरूको हैसियत फेरिँदै, कुन दलको स्थान कति ?
काठमाडौं । राष्ट्रियसभा निर्वाचनपछि दलहरूको हैसियतमा फेरबदल आउने भएको छ । हाल पहिलो दल एमाले तेस्रोमा खुम्चिने भएको छ भने दोस्रो दल माओवादी पहिलो र तेस्रो दल कांग्रेस दोस्रो स्थानमा पुग्दै छ ।
अहिले राष्ट्रपतिबाट मनोनीतसहित एमालेका १८ सांसद छन् । मनोनीतसहित नौजनाको पद रिक्त हुँदै छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मतभारअनुसार सत्तागठबन्धनका सबै उम्मेदवार विजयी हुने निश्चितजस्तै छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने एक सिट पनि एमालेको हुनेछैन । त्यस्तो अवस्थामा एमाले नौ सिटमा खुम्चिँदै तेस्रो स्थानमा पुग्नेछ ।
राष्ट्रपतिबाट मनोनीतसहित अहिले माओवादीका १६ सांसद छन् । २१ फागुनबाट तीन सांसद बिदा हुँदै छन् । तर, यो निर्वाचनबाट ६ सांसद थपिँदै राष्ट्रिय सभामा कुल संख्या १९ पुग्दै छ । त्यस्तै, कांग्रेसका अहिले १० सांसद छन् । चार सांसदको पद रिक्त हुँदै छ । निर्वाचनपछि १० सांसद थपिँदै छन् । कुल संख्या १६ पुग्दै छ ।
एकीकृत समाजवादीका अहिले आठ सांसद छन् । दुईजनाको पद रिक्त हुँदै छ भने दुईजना नै उम्मेदवार छन् । त्यस्तै, जसपाका तीन सांसद छन् । एक सांसदको पद रिक्त हुँदै छ भने एकजना नै थपिँदै छन् । ५९ सदस्यीय राष्ट्रिय सभामा लोसपा, जनमोर्चा, स्वतन्त्र र राष्ट्रपतिबाट मनोनीत एक–एक सांसद छन् ।
आजको नयाँपत्रिका दैनिकबाट
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया