किस्ताबन्दीमा बक्यौता रकम बुझाउन प्राधिकरणले दियो ३० दिनको समय
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले किस्ताबन्दीमा बक्यौता रकम बुझाउने सुविधा लिनका लागि ३० दिनको समय दिएको छ । मंगलबार सूचना जारी गर्दै बक्यौता रकमका लागि ३० दिनभित्र आवेदन दिन भनेको हो।
यही पुस १६ गते बसेको प्राधिकरणको बैठकले विद्युत सेवा प्राप्त गरी बक्यौता रकम बाँकी रहेकाका लागि किस्ताबन्दीमा रकम बुझाउने व्यवस्था गर्ने निर्णय गरेको थियो ।
सेवाग्राहीका लागि बढीमा ६० महिनासम्मको किस्ताबन्दीको व्यवस्था गरिने सूचनामा उल्लेख छ ।
सूचनामा भनिएको छ, ‘नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको मिति पुुस १६ को बैठकबाट भएको निर्णय बमोजिम प्राधिकरणका विभिन्न संरचनाहरूबाट विद्युत सेवा प्राप्त गरेका उपभोक्ताहरूसँग विगतदेखि रहेको बक्यौता विद्युत महसुल रकम असुल उपर गर्न एक पटकका लागि बढीमा ६० महिना सम्मको किस्ताबन्दीमा बुझाउन पाउने गरी विशेष व्यवस्था गरिएको हुँदा यो सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी किस्ताबन्दीको सुविधाका लागि आवेदन दिनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’
प्राधिकरणले डेडिकेडेट र ट्रंक लाइनको बक्यौता नबुझाउने उद्योगहरूको लाइन काटेको छ, जसका कारण उद्योगी–व्यवसायीहरू आन्दोलित हुँदै आएका छन्।

ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया