चीनमा सञ्चालित रेलवे ४५ हजार किलोमिटर पुग्यो
ऐजन्सी । चीनमा सञ्चालित उच्च-गति रेलवेको सन् २०२३ को अन्त्यसम्ममा ४५ हजार किलो मिटर ट्रयाक सम्पन्न भएको राष्ट्रिय रेल अपरेटरले मङ्गलबार जनाएको छ ।
चाइना स्टेट रेलवे कम्पनी लिमिटेडका अनुसार चीनको रेलवे सञ्जालको सञ्चालनको माइलेज एक लाख ५९ हजार किलोमिटर रहेको छ । चीनको रेल क्षेत्रमा लगानी १०७.७ विलियन अमेरिकी डलर पुगेको देखिन्छ । जुन अघिल्लो वर्षको तुलानामा ७.५ प्रतिशतले बढी हो ।
सन् २०२३ मा कुल ३ हजार ६३७ किलोमिटर नयाँ ट्र्याकहरू सञ्चालनमा आएका छन् । जसमा २ हजार ७७६ किलोमिटर उच्च–गति रेलवेहरू समावेश छन् ।
गत वर्ष चीनको रेल पूर्वाधार निर्माणमा ३४ वटा परियोजनाको निर्माण र सञ्चालन, १०२ वटा रेलवे स्टेशनमा सेवाको शुरुवात् तथा निर्माणाधीन ११२ वटा परियोजनाको प्रगति समावेश रहेको कम्पनीले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया