पशुपति मन्दिरमा स्तनपानकक्ष सञ्चालन
काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा स्तनपानकक्ष स्थापना भएको छ । आजदेखि सञ्चालनमा आएको उक्त कक्षको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले स्वच्छ वातावरणमा स्तनपान गराउने व्यवस्था भएकामा त्यसको सराहना गरिन् ।
स्तनपान कक्ष देशभित्र तथा बाह्यमुलुकबाट आउने भक्तजनमा सकारात्मक सन्देश प्रवाह हुने राज्यमन्त्री सिर्पालीले बताइन्। मन्दिर परिसरमा पशुपति क्षेत्र विकास कोषले स्तनपानकक्ष स्थापना गरेको हो ।
पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक लक्ष्मी पुनले मन्दिर परिसरमा स्तनपानकक्ष नभएका कारण सडक पेटी, सुरक्षाकर्मीको कार्यकक्षलगायत स्थानमा स्तनपान गराउनुपर्ने बाध्यताबाट काखेशिशु लिएर मन्दिर आउने आमाहरू मुक्त भएका बताइन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया