जापान भूकम्पमा परी मृत्यु हुनेको संख्या २१३ पुग्यो, अझै ५२ जना बेपत्ता
एजेन्सी । सन् २०२४ जनवरी १ मा जापानमा गएको ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पले इशिकावालगायत आसपासका क्षेत्रमा मृत्यु हुनेको सङ्ख्या २१३ पुगेको स्थानीय सञ्चार माध्यामहरूले जनाएका छन् ।
बिहिबारसम्म भूकम्पबाट सबैभन्दा बढी प्रभावित इशिकावामा अझै ५२ जना बेपत्ता रहेको पुष्टि भएको छ । यसैगरि भूकम्पका कारण कम्तीमा ५६७ जना घाइते भएको सार्वजनिक प्रसारक एनएचके टेलीभिजनले जनाएको छ ।
मृत्यु हुनेमध्ये सुजु सहरमा ९८, वाजिमा ८३, अनमिजुमा २०, नानाओमा पाँच, नोटोमा चार, शिका र हाकुई सहरमा एक/एक जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन् ।
क्षेत्रीय सरकारले भूकम्प तथा अन्य आठ प्रकोपसँग सम्बन्धित मृत्युको समेत पुष्टि गरेको छ । भूकम्पको जोखिबाट बाचेका तर आर्थिक विपन्नताका कारण भूकम्पपछिको शारीरिक र मानसिक पिडा तथा चोटपटकले गर्दा मृत्युवरण गरेको क्षेत्रीय सरकारले जनाएको छ ।
ताजा अपडेट
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
-
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यस्तो छ रुट
-
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने
-
विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी


प्रतिक्रिया