म्यानमारको नौसेनाद्वारा १.४५ टन लागुऔषध बरामद
म्यानमार । म्यानमारको नौसेनाले आफ्नो क्षेत्रीय जलक्षेत्रमा १.४५ टन मेथाम्फेटामाइन (आईसीई) बरामद गरेको छ । लागुऔषध दुरुपयोग नियन्त्रणका लागि केन्द्रीय समिति (सीसीडीएसी) ले बिहीबार सो घटना बारे जनाकारी गराएको हो।
अनुसन्धान अधिकारीहरूले जनवरी ४ मा म्यानमारको क्षेत्रीय जलक्षेत्रमा काठको डुङ्गाको छानबिन गर्दा उक्त लागुपदार्थ जफत गरेका हुन् ।
जफत गरिएका लागुऔषधको मूल्य ३६.२५ बिलियन क्याट (१७ मिलियन अमेरिकी डलरभन्दा बढी) रहेको बताइएको छ । यस मुद्दामा पाँच जना शङ्कासापद व्यक्तिहरूलाई पक्राउ गरिएको छ ।
पक्राउ परेका पाँच अपराधीसहित सात जनालाई लागुऔषध तथा साइकोट्रोपिक पदार्थ कानून अन्तर्गत मुद्दा चलाइएको छ । यस घटना बारे थप अनुसन्धान भइरहेको बताइएको छ ।
ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया