‘मानवतामा दाग लागेको’ गाजा युद्धको १०० दिन

गाजा। प्यालेस्टाइनमा कार्यरत संयुक्त राष्ट्रसंघका उच्च अधिकारीले गाजामा इजरायल र हमासबीच जारी युद्धले मानवतामा दाग लागेको बताएका छन् ।
प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय निकायका प्रमुख फिलिप लाजारिनीले गाजा पट्टीको भ्रमणका क्रममा जारी गरेको वक्तव्यमा भनिएको छ, ‘विगत १०० दिनको व्यापक मृत्यु, विनाश, विस्थापन, भोकमरी, क्षति र शोकले हाम्रो साझा मानवतामा दाग लागेको छ ।’
लाजारिनीले अक्टोबर ७ मा हमास र अन्य समूहले गरेको ‘भयानक आक्रमण’को निन्दा गरेका छन्, जसमा एक हजार १४० जनाको मृत्यु भएको थियो ।
थप २५० जनालाई बन्धक बनाइएको र तीमध्ये १३२ जना गाजामै रहेको र २५ जनाको मृत्यु भएको अनुमान गरिएको इजरायली अधिकारीहरूले बताएका छन् ।
‘बन्धक र उनीहरूका परिवारका लागि १०० दिनको समय निराशा र चिन्ताबीच बितेको छ,’ लाजारिनीले भने ।
इजरायलले गत अक्टोबर ७ देखि गाजामा आक्रमण गर्दा कम्तीमा २३ हजार ८४३ जनाको मृत्यु भएको प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । लाजारिनीका अनुसार बालबालिकाको एउटा सिंगो पुस्ता ‘आघातमा परेको’ छ र निको हुन वर्षौं लाग्नेछ ।
उनले भने, ‘बालबालिकालगायत अन्य मानिसहरू अमानवीय अवस्थामा बाँचिरहेका छन्, रोगहरू फैलिरहेका छन् ।’ ‘तिनीहरू बाँच्न नसक्ने ठाउँमा बाँचिरहेका छन् र समय अनिकालतिर लम्किरहेको छ ।’
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया