सञ्चारमाध्यमसँग किन नजिक पर्दैनन् बालेन ?
बालेन सञ्चारमाध्यमसँग टाढै बस्न रुचाउँछन् । मिडिया तथा सार्वजनिक कार्यक्रममा धेरै समय दिँदा त्यसको असर आफ्नो काममा पर्ने उनको भनाइ छ ।
बालेनका सल्लाहकार कुमार व्यञ्जनकारका अनुसार मेयर साह हरेक दिन बिहान पत्रपत्रिका पढ्छन् । सामाजिक सञ्जाल हेर्छन् । महानगरसँग सम्बन्धित समाचार तथा सूचनालाई टिपोटसमेत गर्छन् ।
‘मेयरसाप हरेक दिन बिहान पत्रपत्रिका हेर्नुहुन्छ, महानगरसँग सम्बन्धित समाचारलाई बढी चासो दिनुहुन्छ,’ उनले भने, ‘एउटा सञ्चारमाध्यमलाई समय दियो भने अन्य सञ्चारमाध्यमलाई पनि समय दिनुपर्ने भएकाले उहाँले आफ्ना कुरा सामाजिक सञ्जालमा राख्नुहुन्छ । विदेशी तथा स्वदेशी ठूला मिडियामा बोल्ने इच्छा उहाँलाई छैन ।’
कुन विभागमा को सल्लाहकार ?
प्रा.डा. जगदीशप्रसाद अग्रवाल – स्वास्थ्य सल्लाहकार । डा. विशाल ज्ञवाली – स्वास्थ्य विभाग । जगतमान श्रेष्ठ– ट्राफिक व्यवस्थापन । दीपक ज्ञवाली – जलस्रोत तथा खानेपानी । सुनील लम्साल – पूर्वाधार । कुमार व्यञ्जनकार – व्यवस्थापन । अर्जुन घिमिरे – फोहोरमैला व्यवस्थापन । अनुष्का श्रेष्ठ – जनसम्पर्क परामर्शदाता । ओमप्रकाश अर्याल, शंकरप्रसाद पुडासैनी, कुमारी खरेल, दिना श्रेष्ठ र महेशकुमार नेपाल – कानुन । सन्तोष साह, जीवनप्रभा लामा र सन्तोष गिरी – खाद्य स्वच्छता तथा गुणस्तर कार्यक्रम । सुरेन्द्र बजगार्इं, धीरज जोशी, नवराज खनाल र सस्मित पोखरेल – सचिवालय सल्लाहकार
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया