सेयर बजारमा हरियाली, ८ अर्ब भन्दा बढीको कारोबार

काठमाडौं । यो साता कारोबारको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५४ दशमलव ५४ अङ्कले बढेर दुई हजार एक सय ७५ दशमलव १७ को विन्दुमा कायम भएको छ ।
आज तीन सय चार कम्पनीको १ लाख ३३ हजार ६१ पटकमा २ करोड ३३ लाख ७० हजार कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब २ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
संचालनमा रहेका १३ वटै उपसमूहमा हरियाली छाएको छ। सबैभन्दा धेरै फाइनान्स उपसमूहको सूचक ४.७५ प्रतिशतले बढेको छ।
मंगलबार बुटवल पावर कम्पनी लिमिटेड, यूनाइटेड मोदी हाइड्रोपावर, हिमालयन पावर पार्टनर लिमिटेड, एनआरएन इन्फास्टक्चर एण्ड डेभलोपमेन्ट लिमिटेड र नेपाल वेरहाउसिङ कम्पनी शेयरमा सकारात्मक सर्किट लागेको छ ।सबैभन्दा धेरै गुमाउनेमा भने ज्योति विकास बैंक वोण्ड रहेको छ।
कारोबार रकमको आधारमा सबैभन्दा धेरै सोनापुर मिनरल्स एण्ड वेलको सर्वाधिक २८ करोड ३१ लाख ५५ हजार रूपैयाँको कारोबार भएको छ ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया