सेयर बजारमा हरियाली, ८ अर्ब भन्दा बढीको कारोबार
काठमाडौं । यो साता कारोबारको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५४ दशमलव ५४ अङ्कले बढेर दुई हजार एक सय ७५ दशमलव १७ को विन्दुमा कायम भएको छ ।
आज तीन सय चार कम्पनीको १ लाख ३३ हजार ६१ पटकमा २ करोड ३३ लाख ७० हजार कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब २ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
संचालनमा रहेका १३ वटै उपसमूहमा हरियाली छाएको छ। सबैभन्दा धेरै फाइनान्स उपसमूहको सूचक ४.७५ प्रतिशतले बढेको छ।
मंगलबार बुटवल पावर कम्पनी लिमिटेड, यूनाइटेड मोदी हाइड्रोपावर, हिमालयन पावर पार्टनर लिमिटेड, एनआरएन इन्फास्टक्चर एण्ड डेभलोपमेन्ट लिमिटेड र नेपाल वेरहाउसिङ कम्पनी शेयरमा सकारात्मक सर्किट लागेको छ ।सबैभन्दा धेरै गुमाउनेमा भने ज्योति विकास बैंक वोण्ड रहेको छ।
कारोबार रकमको आधारमा सबैभन्दा धेरै सोनापुर मिनरल्स एण्ड वेलको सर्वाधिक २८ करोड ३१ लाख ५५ हजार रूपैयाँको कारोबार भएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया