पन्ध्र लाख फिरौती माग्ने तीन जना पक्राउ
चितवन । ज्यान मार्ने धम्की दिँदै फिरौती माग्ने तीनजना पक्राउ परेका छन् । प्रहरीले भरतपुर महानगरपालिका-२१ का २७ वर्षीय सरोज सुनार, वडा नं १ का २६ वर्षीय दीपक विक र वडा नं २६ का २५ वर्षीय सागर विकलाई पक्राउ गरेको हो ।
अभियुक्तहरूले रुपन्देही घर भई हाल भरतपुर महानगरपालिका–१ मा व्यापार गर्ने करन गुप्तालाई अपरिचित एनसेल नम्बरबाट फोन गरी धम्की दिँदै आएका थिए ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनुसार उनीहरुलाई आपराधिक षड्यन्त्र मुद्दामा म्याद थप गरी अनुसन्धान थालिएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया