१० हजार भारुमा महिला बेचेका वीरबहादुर ३२ वर्षपछि पक्राउ
काठमाडौं । मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले मानव बेचबिखन मुद्दाका फरार प्रतिवादीलाई ३२ वर्षपछि पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा धादिङ मेत्रावती गाउँपालिका-२ भर घएका ५७ वर्षीय वीरबहादुर तामाङ रहेको ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक कृष्णप्रसाद पगेनीले जानकारी दिए । उनका अनुसार प्रतिवादी तामाङले एक महिलालाई ब्रुनाई पठाइदिने भनि झुक्याई २०४७ साल चैत्र ३ गते काठमाडौँबाट काकरभिट्टा हुँदै पश्चिम बङगालको बागडोग्रामा पुर्याई भारतीय नागरिकलाई बेचेका थिए । निजलाई ब्युरोबाट खटिएको टोलीले यही माघ ३ गते ललितपुरबाट पक्राउ गरेको हो ।
पक्राउ परेका निज तामाङविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता तथा प्रहरी उपरीक्षक पगेनीले बताए ।
उनले भने, “पीडितको श्रीमान रोजगारीका सिलसिलामा ब्रुनाईमा रहेको समयमा तामाङले तिम्रो श्रीमानले तिमीलाई ब्रुनाई ल्याइदिनु भनि मलाई चिठ्ठी पठाएका छन् भनि झुक्याएर भारत लगी १० हजार भारुमा बेचबिखन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।”
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया