१० हजार भारुमा महिला बेचेका वीरबहादुर ३२ वर्षपछि पक्राउ

काठमाडौं । मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले मानव बेचबिखन मुद्दाका फरार प्रतिवादीलाई ३२ वर्षपछि पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा धादिङ मेत्रावती गाउँपालिका-२ भर घएका ५७ वर्षीय वीरबहादुर तामाङ रहेको ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक कृष्णप्रसाद पगेनीले जानकारी दिए । उनका अनुसार प्रतिवादी तामाङले एक महिलालाई ब्रुनाई पठाइदिने भनि झुक्याई २०४७ साल चैत्र ३ गते काठमाडौँबाट काकरभिट्टा हुँदै पश्चिम बङगालको बागडोग्रामा पुर्याई भारतीय नागरिकलाई बेचेका थिए । निजलाई ब्युरोबाट खटिएको टोलीले यही माघ ३ गते ललितपुरबाट पक्राउ गरेको हो ।
पक्राउ परेका निज तामाङविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता तथा प्रहरी उपरीक्षक पगेनीले बताए ।
उनले भने, “पीडितको श्रीमान रोजगारीका सिलसिलामा ब्रुनाईमा रहेको समयमा तामाङले तिम्रो श्रीमानले तिमीलाई ब्रुनाई ल्याइदिनु भनि मलाई चिठ्ठी पठाएका छन् भनि झुक्याएर भारत लगी १० हजार भारुमा बेचबिखन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।”
ताजा अपडेट
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
-
सुदूरपश्चिम प्रदेशसभाः आगामी आर्थिक वर्षको बजेट पारित
-
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’-माओवादी केन्द्र
प्रतिक्रिया