भीड नियन्त्रणमा घातक हतियारको प्रयोगबारे सर्वोच्चले माग्यो सरकारसँग लिखित जवाफ
काठमाडौं । सर्वोच्च अदालतले भीड तथा दंगा नियन्त्रणमा घातक हतियारको प्रयोग गर्नुको कारणबारे सरकारसँग जवाफ मागेको छ ।
बिहीबार सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको इजलासले बुलेट वा प्राणघातक हतियारको प्रयोग सम्बन्धी रिटमा सरकारसँग लिखित जबाफ माग गरेको हो ।
शान्तिपूर्ण रुपमा हुने प्रदर्शन, भीड र दंगाहरुमा सु्रक्षाकर्मीले घातक हतियार प्रयोग गरी नागरिकको ज्यान गएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए ।
उनले भीड नियन्त्रणका लागि यस्ता हतियारहरू प्रयोगमै प्रतिबन्ध लगाउनुपर्ने पनि माग गरेका छन्। विहीबार उनको निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि कारण देखाउ आदेश जारी भएको हो ।
ताजा अपडेट
-
उपेन्द्र यादबले सरकार छाड्दै, मन्त्रिपरिषद् पुर्नगठनको तयारीमा प्रधानमन्त्री
-
चेन्नईको जितसँगै आइपिएलको ‘प्लेअफ’ समिकरण प्रतिस्पर्धा रोचक बन्दै
-
कलंकी नापीका कर्मचारी भ्रष्टाचारी ठहर
-
विकल पौडेलविरुद्ध ४० करोड भ्रष्टाचारको मुद्दा दायर
-
प्रहरीका उच्च अधिकारीको बढुवा र पदस्थापनमा
प्रतिक्रिया