मौसम : उच्च पहाडी भागमा हिमपात, तराईलाई हुस्सुले ढाक्यो
काठमाडौं । चार प्रदेशमा आज हिमपातको प्रक्षेपण गरिएको छ । तराई क्षेत्रलाई भने हुस्सु र कुहिरोले ढाकेको छ ।
अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसमविदका अनुसार हाल देशको पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी स्थानको मौसम सफा छ । तराईका भागलाई भने हुस्सु र कुहिरोले ढाकेको छ । हुस्सु र कुहिरोका कारण चिसो बढ्दा यो क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।
शनिबार देशभर वर्षाको योग छैन । तर मौसमविद्ले उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना औंल्याएका छन् ।
जल तथा मौसम विज्ञान विभागले शनिबार बिहान सार्वजनिक गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार शनिबार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुने सम्भावना छ ।
पश्चिमी वायुको आंशिक प्रभावले मौसममा बदली आए पनि आगामी सोमबारसम्म वर्षाको आकलन गरिएको छैन । विभागका मौसमविद्ले शनिबारदेखि सोमबारसम्म हिमपात र बदली भए पनि वर्षाको सम्भावना नदेखिएको जनाएका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया