२५ अंकले घट्यो नेप्से, कारोबार रकम ७ अर्ब

काठमाडौं । यो साता कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २५ दशमलव ६३ अङ्कले घटेर दुई हजार एक सय ३० दशमलव १८ को विन्दुमा कायम भएको छ ।
आज तीन सय आठ कम्पनीको एक लाख ६६ हजार ९८३ पटक कारोबारमा दुई करोड २८ लाख २० हजार २७९ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ६७ करोड ७७ लाख ४० हजार रूपैयाँको कारोबार भएको छ ।
आज हाइड्रोपावर र अन्यको सूचक बढेका छन् भन्ने बाँकी उपसमूहको सूचक घटेका छन् । हाइड्रोपावर र अन्य क्रमशः ०.२० र १.३८ प्रतिशले बढेका छन् ।
घटेका उपसमूहरूमा बैंकिङ २.४२, विकास बैंक २.६१, वित्त २.५५, होटल तथा पर्यटन १.६८, लगानी १.९५, जीवन बीमा ०.७३, उत्पादन १.२८, माइक्रोफाइनान्स १.४२, म्युचल फण्ड ०.२०, नीर्जीवन ०.८८ र व्यापार १.१४ प्रतिशतले घटेको छ ।
आज आंखु खोला जलविद्युत, समाज लघुवित्त वित्तिय संस्था, हिमालयन लघुवित्त र मिड सोलु हाइड्रोपावरको सेयरमा सकारात्म सर्किट लागेको छ । त्यस्तै सिइडिबी हाइड्रोपावर डेभलपमेन्टका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।
कारोबार रकमको आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडको सर्वाधिक ५६ करोड ७९ लाख १० हजार रूपैयाँको कारोबार भएको छ । त्यस्तै हिमाल दोलखा हाइड्रोपावरको २२ करोड ९१ लाख ७९ हजार, अपि पावर कम्पनीको २० करोड ८२ लाख ३० हजार, नेपाल रिइन्स्योरेन्स २० करोड १३ लाख ४८ हजार र सोनापुर मिनरल्सको १९ करोड ८८ लाख ६६ हजारको कारोबार भइ शीर्ष पाँचमा प्रवेश गरेका छन् ।
ताजा अपडेट
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
-
रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग
प्रतिक्रिया