भिजिट भिसामा विदेश भ्रमण : आजदेखि लागू नयाँ नियममा के–के छ ?
काठमाडौं । भिजिट भिसामा विदेश जान चाहनेका लागि सरकारले आजदेखि नयाँ नियम लागू गरेको छ । भिजिट भिसामा विदेश जाँदा ठगिने, उतै लुकेर बस्नेजस्ता विकृति बढेपछि अध्यागमन विभागले नयाँ नियम र यात्रा परामर्श (ट्राभल एड्भाइजरी) लागू गरेको हो ।
छबुँदे नयाँ नियमअनुसार भिजिट भिसामा विदेश जान चाहने व्यक्तिसँग कम्तीमा ६ महिना अवधि भएको पासपोर्ट, गन्तव्य देशको भिसा र दुईतर्फी टिकट हुनुपर्नेछ । होटलमा बस्ने भए भ्रमण अवधिभरका लागि बुकिङ गरेको प्रमाणपत्र वा आफन्तकोमा बस्ने भए नाता खुल्ने प्रमाणपत्र पेश गर्नुपर्नेछ ।
त्यसैगरी, खर्च बेहोर्ने गरी कुनै सरकारी तथा गैरसरकारी संस्थाको निमन्त्रणामा जान लागेको भएको सोको पत्र पेश गर्नुपर्ने अर्को व्यवस्था पनि गरिएको छ । यदि आफ्नै खर्चमा जान लागेको हो भने कम्तीमा ५०० अमेरिकी डलर वा सो बराबरको नगद रहेको प्रमाण पेश गर्नुपर्नेछ ।
अध्यागमन विभागका अनुसार, युएई, बहराइन, कुवेत, कतार, ओमन र साउदी अरबको भ्रमणमा जान लागेकाले करकाप वा प्रलोभनमा नपरी व्यक्तिगत प्रयोजनका लागि त्यसतर्फ जान लागेको स्वघोषणसम्बन्धी फाराम पनि भर्नुपर्नेछ ।
विभागले नयाँ नियमसँगै नयाँ ट्राभल एड्भाइजरी पनि जारी गरेको छ । सबैतिर प्रचार होस् भन्ने हेतुले विभागले उक्त एड्भाइजरी देशका ७५३ वटै स्थानीय तहमा पठाएको छ ।
विभागले नयाँ नियमले भिजिट भिसाका नाममा देखापरेको विकृति अन्त्य हुने विश्वास व्यक्त गरेको छ ।


ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया