सडक दुर्घटनामा मन्त्री र प्रहरी अधिकृतको मृत्यु
कोलम्बो । कोलम्बो–काटुनयाके एक्सप्रेसवेमा बिहीबार भएको सडक दुर्घटनामा श्रीलङ्काका जल आपूर्ति राज्यमन्त्री सनथ निशान्त र एक प्रहरी अधिकृतको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार राज्य मन्त्रीको गाडी एक्सप्रेसवेको कन्दाना पुलिस डिभिजनमा कन्टेनर ट्रकसँग दुर्घटनाग्रस्त भएको हो ।
राज्यमन्त्री र प्रहरी अधिकारीलाई अस्पतालमा भर्ना गर्दा मृत्यु भई सकेको अस्पताल स्रोतलाई उद्धृत गरी प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते गाडीको चालकको भने उपचार भइरहेकोे छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया