NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ १९ गते

ललितपुरस्थित अपार्टमेन्ट भित्र मृत भेटिइन् जर्मन महिला

काठमाडौं । ललितपुरमा एक जना जर्मन नागरिक मृत अवस्थामा फेला परेकी छन् ।

ललितपुर महानगरपालिका वडा नम्बर १६ स्थित ग्रिन तारा हेरिटेज अपार्टमेन्टको तेस्रो तलामा बस्दै आएकी जर्मन नागरिक मृत फेला परेकी हुन्। उनी विगत दुई वर्षदेखि ग्रिन तारा हेरिटेज होम एण्ड अपार्टमेन्टमा बस्दै आएकी थिइन् ।

अहिले जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीसहितको टोलि घटनास्थलमा पुगेका छन् । एसपी कार्कीका अनुसार महिलाको टाउकोबाट रगत बगेको देखिएको छ ।

मृत्युको कारणबारे प्रहरीे अनुसन्धान गरिरहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष