NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असोज १ गते

ललितपुर मालपोत र नापीका हाकिमलाई सफाइ, हाउजीङ सञ्चालक दोषी ठहर

काठमाडौं । ८ रोपनी १२ अना सार्वजनिक जग्गा भ्रष्टाचारसम्बन्धि मुद्दामा ललिलतपुर मालपोत र नापीका कर्मचारीले सफाइ पाएका छन् । ललितपुरको यूरो हाउजीङका सञ्चालक दोषी ठहर भएका छन् ।

मालपोतका तत्कालिन प्रमुख बाबुराम खनाल, नासु ख्यामनारायण पौडेल, दिनेश न्यौपाने र खरिदार आत्माराम लुइटेलले सफाई पाएका छन् । २०२२ सालको नापी नक्सालाई तोडमोड गरी सरकारी जग्गा व्यक्तिलाई दिइउको अख्तियारको अभियोग थियो ।

त्यस्तै, नापीका प्रमुख बुद्धिमान जैसी, नापी अधिृकत बालेश्वर यादब र सर्भेक्षक केशब थापा मगरलाई दुई करोड २ ला बिगो कायम गरी मुद्दा दायर भएकोमा सफाइको फैसला भएको हो । धापाखेलको कर्मनासा खोलाको जग्गा व्यक्तिको बनाउन सहयोग गरेको अभियोग थियो । सो जग्गाा यूरो हाउजीङले घर बनाएर बिक्रि गरेको छ । सो हाउजीङका सञ्चालकहरु गुणीकाजी मानन्धर, योगेश्वर कृष्ण पराजुली, कृष्ण राज श्रेष्ठ, टंक बहादुर श्रेष्ठ, गोपालदाश मानन्धर, वविन मानन्धर र उज्जल मानन्धरलाई बिशेष अदालतले दोषी ठहर गरेको छ ।

त्यस्तै, काठमाडौं अस्पतालका सञ्चालकहरु डा. ईश्वरलाल आचार्य, डा. दुर्गामान जोसी र श्रीमती दुर्गेस नन्दिनी भट्टचनले पनि सफाइ पाएका छन् । सो जग्गामध्ये पाँच रोपनी जग्गा भने जफतको फैसला भएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष